काठमाडौं उपत्यकाका १४ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन, कहाँ-कहाँ हुँदैछ चुनाव ?

काठमाडौं। भोलि आइतबार देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी भएको छ। कतिपय क्याम्पसमा भने विद्यार्थीबिचकै विवादका कारण निर्वाचन रोकिएको छ। यस्तै केही स्थानमा तयारी नपुगेका कारण स्थगित भएको क्याम्पस प्रशासनले जनाएका छन्।

यता काठमाडौं उपत्यकामा पनि १४ वटा क्याम्पसमा स्ववियु निर्वाचन नहुने भएको छ। केहीमा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकीमा भने निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

उपत्यकामा रहेको क्याम्पसहरु मा भोलि हुने स्वतन्त्र बिधार्थी युनियन चुनाबको अवस्था।

निर्वाचन हुनेर निर्विरोध भएका क्याम्पसहरू

१- चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज- ५ गते हुने चुनाव तयारी भैसकेको।

२- महाराजगन्ज नर्सिङ क्याम्पस  ५गते हुने चुनाव तयारी भैसकेको ।

३- कैलाश कुट बहुमुखी क्याम्पस,जयबागेस्वरि। निर्विरोध निर्वाचित ।

४- कान्तिपुर कलेज ,थलि  निर्विरोध निर्वाचित ।

५- टि यु किर्तिपुर क्याम्पसमा निर्वाचन सम्पन्न हुने अवस्थामा रहेको ।

६- ललित कला क्याम्पस किर्तिपुर निर्वाचन सम्पन्न हुने अवस्थामा रहेको ।

७- महेन्द्र रत्न क्याम्पस ताहाचल भोलि निर्वाचन सम्पन्न हुने अवस्थामा रहेको ।

८- काठमाडौँ इन्जिनियरिङ क्याम्पस कालीमाटी निर्वाचन सम्पन्न हुने अवस्थामा रहेको ।

९- थापाथली इन्जिनियरिङ क्याम्पस निर्वाचन सम्पन्न हुने अवस्थामा रहेको ।

१०- जनप्रशासन क्याम्पस बल्खुमा निर्वाचन सम्पन्न हुने अवस्थामा रहेको ।

११-एडभान्स क्याम्पस मा बल्खु यहाँ पहिलो पटक निर्वाचनको हुने । हालसम्म कुनै समस्या नरहेको सम्पन्न हुने अवस्थामा रहेको

१२- का म न पा १६ सरस्वती बहुमुखी कलेज लेखनाथ मार्ग

१३-का म न पा १७ पिपुल्स कलेज पकनाजोल

१४-का म न पा २८ पद्मकन्या कलेज बागबजार

१५- का म न पा २८ शंकरदेव कलेज बागबजार

१६-का म न पा २८ ल कलेज भृकुटीमण्डप

१७-का म न पा १७ पब्लिकयुथ कलेज क्षेत्रपाटी

१८- भक्तपुर क्याम्पस मा निर्वाचन हुने

१९- सानोठिमी क्याम्पस मा निर्वाचन हुने।

२०- पुल्चोक इन्जिनियरिङ कलेज ललितपुर

२१- हिमालयन कलेज बालकुमारी ललितपुर

२२-क्याथोड कलेज बालकुमारी ललितपुर

२३-काठमाडौँ इन्जिनियरिङ क्याम्पस धापाखेल ललितपुर

निर्वाचन नहुने क्याम्पसहरूको विवरण

१- पशुपति बहुमुखी क्याम्पस,मित्रपार्क कामनपा७ ( ५ गते नहुने ।

२- कोटेश्वर बहुमुखी क्याम्पस कोटेश्वर ( निर्वाचन अधिकृत क्याम्पस प्रमुख र विद्यार्थी बीच बैठक बसीरहेको।

३- सहिद आदर्श क्याम्पस भद्रबास,कागेश्वरी मनोहरा नपा ३ सहमति नभएकोले निर्वाचन नहुने।

४- विश्वभाषा क्याम्पस, प्रदर्शनी मार्ग विद्यार्थी बिच आन्तरिक विवाद भएको कारणले मनोनयन दता नभएको

५-बाल्मिकमी संस्कृत क्याम्पस प्रदर्शनी मार्ग विद्यार्थी भनाभन बिषयलाई बिभाद भएको र मनोनयन दर्ता नभएको

६-आर आर क्याम्पस प्रदर्शनी मार्ग विद्यार्थी बिच आन्तरिक बिभाद भएको कारणले मनोनयन दर्ता नभएको

७- आयुर्वेदिक क्याम्पस किर्तिपुर सहमति हुन नसकेको र हालसम्म ताला लगाएको छ।

८- एन आर क्याम्पस तार्केश्वर मिति २०७९र१२र३ गते स्व वि यु का विद्यार्थी बिच सहमतिमा निर्वाचन स्थगित भएको ।

९-ग्रामीण क्याम्पस तार्केश्वर सहमति हुन नसकेको र हालसम्म पनि ताला लगाएको छ।

१०-का म न पा २८ त्रिचन्द्र कलेज घण्टाघर ९ विद्यार्थी विद्यार्थी बिच वादविवाद हुँदा मनोनयन दर्ता स्थगित भएको०

११-का म न पा २६ अमृत साइन्स कलेज लैनचौर

१२- नेपाल कमर्स क्याम्पस, बानेश्वर स्थगित भएको

१३- बानेश्वर बहुमुखी क्याम्पस,कामनपा ३१ शान्तिनगर (५ गते गर्न नसक्ने भनी ३ गते विज्ञप्ति निकालिएको।

१४-पाटन संयुक्त क्याम्पस ललितपुर मा सहमति हुन नसकेको र हालसम्म ताला लगाएको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *