गल्ती स्वीकार गर्न नसक्नेहरूसँग सहकार्य हुन सक्दैन : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गल्ती महसुस नगर्नेसँग सहकार्य हुन नसक्ने बताएका छन् ।

मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले आफ्नो गल्ती महसुस नगर्ने,गल्ती स्वीकार गर्न नसक्ने हरूसँग गठबन्धन र तालमेल हुन नसक्ने बताए ।

उनले विचार मिल्ने र सिद्धान्त मिल्ने पार्टीबीच एकता हुने बताउँदै देशको आर्थिक अवस्था मजबुत बनाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘ अझै पनि नेपालमा कम्युनिस्ट लोकप्रिय रहेको छ । विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्छ । गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग जोगिनु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *