स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन्  ।

सो क्रममा उनले भोलि हुने स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन निर्देशन दिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

साथै समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको बताइएको छ ।

यस्तै प्रधानमन्त्रीले मिटरव्याजीलाई कारबाही गर्ने कानुनी र राजनीतिक समस्या रहेको प्रति पनि चिन्ता व्यक्त गरे । उनले   मिटरव्याजीलाई प्रशासनिक क्षेत्रले कहिकतै संरक्षण गरेको सुनिन आएको  भन्दै यसबारे पनि निगरानी गर्ने निर्देशन दिए ।

हालसम्म प्रहरीले २३८ जना मिटरव्याजीलाई कारबाही गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *