दुर्गा बराललाई पोखरामा नागरिक अभिनन्दन

पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा वात्स्यायनलाई रथरोहण सहित अभिनन्दन गरिएको हो । उनको सम्मानमा ३ दर्जन भन्दा बढी साहित्यिक तथा वाङ्मयिक संस्थाले भव्य कार्यक्रम गरेका हुन् ।

वात्स्यायन ‘कार्टुनका बादशाह’का रूपमा परिचित छन् । उनको निवास नदीपुरदेखि सुरु भएको रथ यात्रा पिएन क्याम्पस, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरको सभाकक्षमा पुगेको थियो । कलाकारिता क्षेत्रमा वात्स्यायनले पु¥याएको योगदानलाई भावी पुस्ताले समेत स्मरण गर्ने गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

कालाकार बरालले वात्स्यायनको नाममा कार्टुनका माध्यमबाट देश, समाज र राजनीति तथा विसङ्गतिको चिरफार गर्ने गरेका छन् । ८० वर्षे बराल यसअघि नै दर्जनौँ पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् ।

जगदम्बा श्री, प्रबल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, हाँस्ने पुरस्कार, वासुदेव लुइँटेल पुरस्कार लगायत उच्च कोटीको पुरस्कार उनले प्राप्त गरेका छन् ।

बरालले हालसम्म ४ वटा एकल चित्रकला प्रदर्शन गरी गरेका छन् भने पछिल्लो समय कान्तिपुर पत्रिका मार्फत कार्टुन प्रकाशन गराउँथे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *