प्रचण्ड बेइमानी हुन्, वर्तमान सरकारको आयु लामो छैन : गोकर्ण विष्ट

२०७९ चैत ४ गते

हेटौँडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकारको आयु लामो नभएको बताएका छन् ।
शनिवार प्रेस चौतारी मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै विष्टले एमाले सहितको गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारको आयु घटाएको बताए ।
उनले भने, ‘एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले दुई महिनामा नै सहमति तोडेर राजनीति बेइमानी गरे । यो सरकार गठबन्धन नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, सुशासन र समृद्धिलाई कमजोर पार्न चाहने शक्तिहरूको इच्छा अनुसार बनेको भन्दै विष्टले स्वार्थै स्वार्थले बनेको छ ।’
विष्टले सरकारले मलमा मूल्यवृद्धि गरेर किसानलाई आघात पुर्याएको समेत बताए ।

२०७९ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित