शीतल निवासमा राष्ट्रपति पौडेलको चियापान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा चियापान कार्यक्रम गरेका छन् । आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले बिहान संघ र प्रदेशका सांसदलाई बोलाएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत शीर्ष नेताहरू पनि सहभागी भएका छन् । पौडेलले चियापान कार्यक्रममा सहभागीलाई धन्यवाद दिए ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि काठमाडौँ आएका संघ तथा सातै प्रदेशका सांसदहरूसँग पौडेलले सामूहिक भेटघाट गर्न गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =