बालाजु घटनाका कारण २ डीएसपी कारबाहीमा

प्रहरी प्रधान कार्यालयले २ डीएसपीलाई कारबाही गर्ने निर्णय गरेको छ। प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी रविन विष्ट र वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्ने निर्णय भएको हो।

फागुन १ गते काठमाडौंको बालाजुमा यातायात मजदुरको आन्दोलनका क्रममा घटना हुनुमा उनीहरुको कमजोरी देखिएको भन्दै कारबाही गर्ने निर्णय भएको हो।

तत्काल गठित छानविन समितिले पनि उनीहरुको कमजोरी रहेको निस्कर्षसहित कारबाही गर्न सिफारिस गरेको थियो। डीएसपी बिष्टको तीन वर्ष बढुवा रोक्का हुने भएको छ। बमलाई भने सामान्य कारबाही गरिएको छ। उनलाई सचेत मात्रै गराइएको छ।

आन्दोलनमा प्रहरीकै गाडीमा आगजनी, तोडफोड भएको थियो। यस्तै व्यवसायीका मोबाइल पसल लुटपाट भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *