उपराष्ट्रपति महिला नै हुनुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिमा निर्वाचन अनुकूल नभएको तर उपराष्ट्रपति निर्वाचन अनुकूल भएको बताएकी छन् ।
संसद भवन नयाँबानेश्वरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनमा अनेकौँ चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गरेको समेत बताइन् ।
शाक्यले भनिन्, ‘राष्ट्रपति निर्वाचन अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु ।’
उपराष्ट्रपति महिला नै हुनुपर्ने दाबी गर्दै उनले भनिन्, अहिलेको माहोल देख्दाखेरी सबैको प्रतिक्रिया सुन्दा म ढुक्क छु । अहिले दल–दल एकातिर बसेपनि संविधान विपरित पुरुष उम्मेदवार बनाउनै नहुँने हो । संविधानको भावना अनुसार आपत्तिजनक छ ।
साथै शाक्य भन्छिन्, मेरो इच्छाले भन्दापनि आवश्यकता महशुस गरेर उम्मेदवार भएको हुँ । पार्टीले आग्रह गर्यो त्यसपछि मैले स्वीकारेको हो । म अहिले पनि राजनीतिमा सक्रिय छु । यो सेरोमोनियल पद हो ।
उनले थपिन्, अधिकारसम्पन्न कार्यकारी पनि होइन राष्ट्रपति र उपराष्ट्रपति । तर, यो गरिमामय पद भने पक्कै हो । यसले संविधान र राष्ट्रको संरक्षण गर्नुपर्छ। कामको हिसाबले कमजोर भएपनि यो उच्च पदस्थ हो ।








