विधार्थीको उद्दण्डता बढ्दै गएपछि क्याम्पसमा बढाइँदै प्रहरी सुरक्षा (तस्बिरहरू)

काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पस क्षेत्रमा प्रहरीको सुरक्षा बाक्लिँदै गएको छ । निर्वाचन विरोध र समर्थनमा विद्यार्थीहरू बिच झडप बढ्न थालेपछि प्रहरीले सुरक्षा बढाएको हो । धारिलो हतियार बोकेर विद्यार्थीले आतंक मच्चाएपछि यही चैत ५ गते हुने स्ववियु निर्वाचनका कार्यक्रम नै बिथोलिन थालेका छन् ।

अहिले काठमाडौँका रत्नराज्य क्याम्पस, ल क्याम्पस, वाल्मीकि विद्यापीठ लगायतका क्याम्पसमा विभिन्न विद्यार्थी संगठनका नेताहरू दिनहुँ विरोध प्रदर्शनमा उत्रिन थालेका छन् । केही क्याम्पसमा निर्वाचन कार्यालयमा तालासमेत लागेको छ।

विगत १४ वर्षदेखि स्ववियु निर्वाचन नियमित हुन सकेको छैन । यही ५ गते त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले निर्वाचन तालिका तोके पनि सबै आङ्गिक क्याम्पसहरूमा विवादका कारण निर्वाचन हुने अवस्था देखिँदैन ।

तस्बिरहरू

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *