कोशी प्रदेशको विरोधमा उत्रिएका पत्रकार महासंघ सुनसरी अध्यक्ष राई पक्राउ
२०७९ चैत २ गते

काठमाडौँ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई पक्राउ परेका छन् ।
कोशी प्रदेश नामको विरुद्ध जबरजस्ती प्रदेशसभा भित्र प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी प्रदेश सभा सचिवालय अगाडि राखिएको पहिचानका लागि सडक साहित्यिक यात्रा नाम विरोध कार्यक्रममा सरिक थिए ।
उनी सहित अर्का लेखक सञ्जय याक्खा पनि पक्राउ परेका छन् । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








