घटेर आयो इन्धनको मूल्यसूची 

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यसूची भारतबाट घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको हो ।

निगम सञ्चालक समिति वा व्यवस्थापनको  बैठक बसेर इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने बताइएको छ ।

हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ रहेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =