वाल्मीकि विद्यापीठ परिसरमा पुत्ला दहन (तस्बिरहरू)

काठमाडौँ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन समयमै सम्पन्न गराउन दबाब दिने उद्देश्यले आज माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले वाल्मीकि विद्यापीठमा पुत्ला दहन गरेका छन् ।

उनीहरूले क्याम्पस प्राङ्गणमा चिता बनाई निर्वाचन संयोजक शान्तिकृष्ण अधिकारी र प्राचार्य प्रा डा भागवत ढकालको पुत्ला जलाएका हुन् ।

स्ववियुको निर्वाचन यही चैत्र ५ गते हुने तालिका छ । तर, केही क्याम्पसहरूमा विद्यार्थी संगठनहरु बिचको विवादले समय मै निर्वाचन नहुने देखिएको छ । वाल्मीकि विद्यापीठमा कांग्रेस समर्थित नेविसंघले समयमै निर्वाचन हुन नदिन बखेडा झिक्दै आएको क्रान्तिकारीको आरोप छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *