प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री : निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गठबन्धनमा प्रधानमन्त्रीको भागबन्डा पूर्ण रूपमा मिलेको बताएका छन् ।

उनले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कुरा भएको बताए ।

नेपाली कांग्रेस ललितपुर नगर समितिले बिहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले यस्तो बताएका हुन् ।

उनले भने, ‘दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच वर्षसम्म कायम रहन्छ । उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने कुरा भएको छ । गठबन्धनका सबै दल सहित कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने छ ।’

साथै निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको बताउदै उनले भने, नेपालको राजनीति कोर्ष अब करेक्सनको बाटोमा गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =