नेपाली टिमलाई हौसला दिँदै ओलीले भने, ‘राष्ट्र तपाईँहरूको साथमा छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग-२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी युएईविरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन ।
‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ ओलीले ट्विटरमार्फत शुभकामनामा दिँदै भनेका छन्, ‘राष्ट्र तपाईँहरूको साथमा छ र म तपाईँहरूको साथमा छु ।’
मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना !
राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु । pic.twitter.com/fKUcNgQiIL— K P Sharma Oli (@kpsharmaoli) March 16, 2023








