उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न १० दलकाे बैठक बस्दै
२०७९ चैत १ गते

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न १० दलकाे बैठक बस्न लागेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ५ बजे बैठक बस्ने तयारी गरिएकाे बताइएकाे छ । ३ चैतमा उपराष्ट्रपतिकाे निर्वाचन हुने कार्यतालिका छ ।
स्रोतका अनुसार उक्त बैठकमा प्रधानमन्त्रीले ६ चैतमा लिने भनेको विश्वासको मतका विषयमा पनि कुराकानी हुने छ ।


हाल दश दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामशाहयप्रसाद यादव र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले यादवको पक्षमा मतदान गर्ने सहमति गरेका छन् ।
२०७९ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








