प्रदेशकाे पहिचान खुल्ने नाम राख्न हाम्राे जनादेश कमजोर भयाे : आङ्बो (अन्तर्वार्ता)

पहिचानको खुल्ने नाम राख्छु भनेर जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ

काठमाडौँ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचान पक्षधर सांसदकाे संख्या कम भएकाले पहिचान खुल्ने गरी प्रदेशकाे नाम राख्न नसकेकाे स्वीकार गरेका छन् । साविककाे प्रदेश १ का पूर्वअर्थमन्त्रीसमेत रहेका आङ्बोले मकालुखबरसँग कुरा गर्दै यस्ताे स्वीकाराेक्ति व्यक्त गरेका हुन् ।

‘प्रदेशको नाम राख्न जनादेशको हिसाबले पहिचानवादीहरू कमजोर भयौँ, रोक्न सक्ने अवस्था पनि थिएन,’ उनले भने, ‘यस कारण जुनसुकै अवस्थामा पनि नाम  राख्नुपर्ने बाध्यता प्रदेशलाई थियो । त्यस कारण कोशी नाम राखियो । पहिचानको पक्षमा नाम राख्छु भनेर जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ । यसमा हामीले माफ माग्नु पर्छ ।’

उनले अबको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै नयाँ बन्ने सत्ता समीकरणले आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनेसमेत बताए । उनले भने, ‘केन्द्रको समीकरण परिवर्तन भएपछि प्रदेशको पनि हुन्छ । त्यो समीकरणबाट मलाई अवसर आउन सक्छ । अब म प्रदेशको मन्त्रीको जिम्मेवारी भने लिन्नँ ।’

माओवादी पार्टीको भविष्यबारे आङ्बोले भने, ‘जति फुट्नु थियो, माओवादी फुटिसकेको छ । अब जोडिने क्रममा छ । अरू पार्टीको भन्दा माओवादीको भविष्य राम्रो छ ।’

मंसिर ४ को प्रदेशसभा निर्वाचनमा पाँचथर निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट विजयी भएका आङ्बोले २०७४ मा पनि सोही स्थाबाट जितेका थिए ।

प्रस्तुत छ, नेता आङ्बोसँग मकालुखबरले गरेको कुराकानी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *