गोरखा मिनी ट्रक दुर्घटना : १ जनाको मृत्यु
२०७९ फागुन २९ गते

काठमाडौँ । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ७ जना भने गम्भीर घाइते भएका छन् ।
गोरखा प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेका अनुसार बसपार्क नजिकै बिसौनी मोडबाट जिल्ला प्रहरी कार्यालय तर्फ मिनी ट्रक खसेको थियो ।
ट्रक अनियन्त्रित हुँदा विपरीत दिशा तर्फ आइरहेको मोटर साइकल चालक र बिसौनी मोडमा चटपट खाइरहेका एक व्यक्ति सहित ७ घाइते भएका छन् ।
प्रहरीका अनुसार प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा पुगेर अड्किएको थियो ।
घाइते १ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । थप विवरण आउन बाकी छ ।
२०७९ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








