उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्धको उजुरी खारेज

काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै उम्मेदवारी कायम गर्ने निर्णय भएको हो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी विरुद्ध जाँचबुझपछि उम्मेदवारी कायम भएको जानकारी दिए । राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उम्मेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए ।

शाक्य एमाले र झा जनमतका उम्मेदवार हुन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । मधेसी समुदायबाट यादवले उम्मेदवारी दिएका थिए । उपराष्ट्रपतिमा जसपाकै प्रमीला यादवको पनि उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ताको समय दिएर आजै अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =