नेकपा एस निकट युवा संघले ‘स्ववियु प्रचार डेस्क’ बनाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको प्रचार विभागले स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियूका देश भरिका उम्मेदवारहरुलाई विजय गराउन “स्ववियु प्रचार डेस्क” बनाउने भएको छ।

त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त र केही अन्य विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। कतै विभिन्न सङ संगठन मिलेर र कतै एकल रूपमा अनेरास्ववियूका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूले केन्द्रीय क्याम्पस कीर्तिपुरमा समीर गौतम, जनप्रशासन क्याम्पसमा हिमाल थापा, महेन्द्र रत्न क्याम्पसमा पुर्णसङम जेठारा, क्याथ्पोद इन्जिनियरिङ कलेजमा वासुदेव सुवेदी लगायतलाई गठबन्धन गरी उम्मेदवारी दिएको छ उक्त उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउन संघका केन्द्रीय कार्यालयमा प्रचार डेस्क राखी, विद्यार्थीहरूको हितका लागि अनेरास्ववियूले खेलेको भूमिकालाई स्मार्ट प्रचार गरी उम्मेदवारहरुलाई विजय हुन सहयोग गर्ने संघका प्रवक्ता सन्जिप राईले बताए ।

उपत्यकाको त्रिचन्द्र बहुमुखी, आयुर्वेद क्याम्पस, रत्न राज्य र पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा विवाद रहेको र अन्य क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =