टिप्पणी

गुण्डाहरूका अखडा बने विद्यार्थी संगठन 

काठमाडौँ । स्ववियु निर्वाचनको मनोनयन दर्ता गर्ने शनिबार अन्तिम समय तोकिएको थियो । स्ववियु निर्वाचनको तयारीमा जुटेका विद्यार्थी संगठनहरूले धेरै क्याम्पसमा तालाबन्दी गरे । स्ववियुमा षड्यन्त्रपूर्ण हर्कत चलिरहेको आरोप लगाउँदै विद्यार्थीहरू तालाबन्दीमा मात्र अडिएनन्, सुकुल गुण्डाको रूप समेत धारण गरे ।

शनिबार आरआर क्याम्पसमा उपस्थित भएका विद्यार्थी नेताहरूको शैली कुनै सुकुल गुण्डाको भन्दा कम थिएन । कुनै समय स्ववियु निर्वाचनलाई नेता उत्पादन गर्ने नर्सरी मानिन्थ्यो । तर पछिल्लो समय  स्ववियु अराजकतन्त्रको अखडा जस्तै भएको छ ।

असली विद्यार्थी भन्दा पनि क्याम्पसमा निर्वाचन जित्नको लागि टोले गुन्डाहरूको हाबी भएका छ । गुन्डागर्दीको पहुँचबाट सङ्गठन विस्तारमा कुन हदसम्मको उत्कर्षमा पुग्छन् भन्ने उदाहरण गुन्डागर्दी र बिचौलियातन्त्रलाई आपराधिक घटनाका रूपमा हेरिनुपर्ने हो । तर आफ्नो पार्टी जोगाउनको लागि उल्टै राजनीतिक रंग दिइएको छ ।

विद्यार्थी राजनीति अपराधीकरणतर्फ केन्द्रित हुँदा विद्यार्थी आन्दोलन फितलो मात्र भएको छैन, अविश्वासिलो र त्रासपूर्ण बन्दै गएको छ । राजनीतिको आडमा गुन्डागर्दी मच्चाइरहेको एउटा सुकुल गुन्डाको बर्बहराट र चिच्याहटलाई यति विघ्न महत्त्व किन दिएको छ । तर सत्ताको मैमत्तपनले मदहोस भएको नेताहरूले आफ्नो पार्टीलाई चर्चामा ल्याउन मारपिटमा समेत उत्रिन्छन् ।

सरस्वतीको वास हुने क्याम्पसमा अराजकताको  पराकाष्ठा भएको छ । यति भइसक्दा पनि हाम्रा देशको शिक्षामन्त्रीले देख्दैनन् । स्ववियु निर्वाचन नजिकिएसँगै विद्यार्थी नेता भनिएकाहरू र सुकुल गुण्डाको लागि यतिबेला क्याम्पस परिसर त रेस्लिङ खेल्ने अड्डा भएको छ । रेस्लिङ खेलमा त केही नियम हुन्छ । अझ भनौँ रेफ्री पनि हुन्छ । तर यिनीहरूको हर्कत भने जङ्गली जनवारको भन्दा पनि तल्लो स्तरको देखिन्छ ।

स्ववियु निर्वाचनको नाममा भएको झडपले धेरैको मथिँगल हल्लिएको छ । स्ववियु निर्वाचनको चर्चा सुरु भएता दैनिकीजसो क्याम्पस परिसरमा देखिने कथित पात्रको व्यवहारले विद्यार्थी नेताहरूको स्तर मापन गरिदिएको छ । विद्यार्थी नेतासँग जोडिएर पार्टीका नेताहरू चन्दाको खेलमा कतिसम्म लाग्छन् भन्ने गतिलो उदाहरण हो ।

रत्न राज्य लक्ष्मी क्याम्पस परिसरमा देखिएको गाईजात्रा । एमाले निकट अनेरास्वियु र समाजवादी निकट अनेरास्ववियु बिच देखिएको मतभेदले प्रष्ट पार्छ । विद्यार्थी नेता भनिएकाहरूले खुकुरी र कैँची पनि छुट्ट्याउन पनि सक्दैनन् । विद्यार्थीहरूको हकहितमा काम गर्छौँ भनेर घोषणापत्र छापेका यिनीहरूले कलेजमा खुकुरी नचाउँदै काटमार उत्रिन्छन् ।

अनि तिनै सुकुल गुण्डाहरुलाई नेता मानिदिनुपर्ने कठैबरा मेरो देश हविगत । आफै टोले गुण्डा लिएर कलेज प्रवेश गर्ने अनि खुकुरीलाई पनि कैँची देख्ने विद्यार्थी नेताहरूको आँखामा मोतीबिन्दु भएको भए बेलैमा उपचार गराउन् । आजको विवादमा विवेक गैरे, राज न्यौपाने र अनिल बोहरा घाइते भएका छन् ।

पछिल्लो विद्यार्थी नेताहरूले उठाएका मुद्दाहरू पनि किनारा लाग्दै गएको छ । शिक्षा क्षेत्रमा भएको बेथितिविरुद्ध आवाज उठाउनु भन्दा,विद्यालयको पठन पाठन अवरुद्ध गर्नेमा उनीहरू अब्बल ठहरिन्छन् ।

वर्तमान अवस्थालाई नियाल्ने हो भनी भ्रष्टाचार,अनियमितता, विकृति, विसङ्गति, सिक्ने केन्द्र भएको छ क्याम्पस भन्दा फरक पर्दैन । स्वतन्त्र रूपमा विद्यार्थी संगठनले काम गर्नुको सट्टा दलहरूको आदेशमा काम गरेको प्रष्ट देखिन्छ ।

आफ्नो पार्टी सरकारमा हुँदा मौन समर्थन जनाउने अनि सरकारबाट बाहिरिएको भोलि पल्ट नाराबाजी गर्न सडकमा उत्रिन्छन् । कलेजमा सधैभरी सुकुलगुण्डाको हालीमुहाली चल्ने हो भनी यस्ता शिक्षा माफियाहरुलाई बेलैमा पाखा लगाउन जरुरी छ ।

हैन भनी धमिराहरूले भन्दा पनि यिनीहरूले चाडै देशलाई खोक्रो बनाउनेमा दुई मत छैन । विद्यार्थी राजनीति अवश्य पनि गलत होइन । तर विद्यार्थीको नाममा गैरविद्यार्थीहरुको क्याम्पसमा रजाइँले छ । उनीहरूकै हालीमुहाली चल्छ । तर त्यसमा सबै सङ्गठन मौन बस्छन् ।

किन मौन न नबसुन् ती टोले गुण्डाहरु आफैले भित्र्याएका हुन्छन् । विद्यार्थी राजनीतिको नाममा सुकुल गुण्डा प्रवेशले धेरैको मथिँगल हल्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =