पाँचथर बहुमुखी क्याम्पसमा १६ वर्षपछि स्ववियुको नेतृत्व, सभापतिमा मुना नेपाली सर्वसम्मत

काठमाडौँ । पाँचथर बहुमुखी क्याम्पसले १६ वर्षपछि स्ववियुको नेतृत्व पाएको छ ।

पाँचथर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघकी मुना नेपाली सर्वसम्मत चयन भएकी छन् ।

सो क्यापमा २०६३ सालपछि क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेको थिएन । उनी पाँचथर बहुमुखी क्याम्पस विएड चौथो वर्षमा अध्ययनरत छिन् । पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले महिला नेतृत्व पाएको यो पहिलो पटक हो ।

समितिको उपसभापतिमा अनेरास्यवियुका उमेश सुवेदी, सचिवमा अनेरास्यवियु क्रान्तिकारीका प्रवेश राई, सह—सचिवमा एकिकृतसमाजवादी निकट अनेरास्ववियूका विशाल राई, मञ्जु अधिकारी र कोषाध्यक्षमा संघीय विद्यार्थी युनियनकी रोजा जबेगु चयन भएकी हुन् ।

सदस्यमा राप्रवि संघका राजेन्द्र मेयोङ्बा र आकृति थाम्सुहाङ, नेविसंघका कञ्चन योङ्हाङ र सुनिता न्यौपाने, समाजवादी विद्यार्थीयुनियनका बुद्धराज लिम्बू, अनेरास्यवियु क्रान्तिकारीका सन्दीप सुहाङ,  दिनेश केरुङ, कविता आचार्य र कोपिला आचार्य चयन भएका हुन् ।

यस्तै जिल्लामा अन्य क्यापसहरुको नेतृत्वमा पनि भागबन्डा गरेर सर्वसम्मतमा नेतृत्व चयन गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =