आगलागीमा परी दिदीभाइको मृत्यु

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका-८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शुक्रबार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको प्रहरी हवल्दार शोभा कार्कीले जानकारी दिइन् ।आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको उनले बताइन् । आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =