उपराष्ट्रपतिबारे निर्णय लिन एमालेको सचिवालय बैठक 

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक आज बिहान पार्टी कार्यालय च्यासलमा बस्ने छ ।

चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । उपराष्ट्रपतिको उम्मेदवार तय गर्न दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =