राष्ट्रपति निर्वाचनमा सुवास नेम्बाङको खर्च १६ हजार पाँच सय
२०७९ फागुन २६ गते

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास चन्द्र नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च भएको विवरण निर्वाचन आयोगका बुझाएका छन् ।
शुक्रबार आयोगका अधिकारीहरूलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरूलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ ।

नेम्वाङको खर्च विवरण राष्ट्रपतिका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई बुझाएका हुन् ।
हिजो बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका थिए ।

२०७९ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








