‘लोकप्रिय र वास्तविक विद्यार्थीलाई स्ववियुको उम्मेदवार बनाऔँ’

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को सिटौला समूहले वास्तविक विद्यार्थीलाई उम्मेदवार नबनाउन माग गरेको छ । कांग्रेसका तेस्रो धारका नेता कृष्ण सिटौलानिकटका विद्यार्थीहरुको भेलाले यस्तो माग गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित भेलाले गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न भनेको छ । भेलालाई सम्बोधन गर्दै लामो समयदेखि संगठन भनेर दुख गरेको विद्यार्थीलाई कम आँक्ने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघ पूर्व केन्द्रिय सदस्य नवराज त्रिपाठीले दिए ।

आफुले विधान कार्यन्वयन हुनुपर्छ भन्दै संगठनभित्र ३२ वर्षे उमेरहद लागु गराउन आमरण अनसन समेत बसेको स्मरण गर्दै उनले विधान र विद्यार्थीको हित विपरीत हुने सबै कुकृत्यको खुलेर प्रतिवाद गर्ने बताए ।

नेविसंघका पूर्वमहामन्त्री तथा बाग्मती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा कांग्रेस बाग्लुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्वमहामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य नवराज त्रीपाठी, युवा नेता इन्दु शर्मा, लिला बल्ल दाहाल, दिपेन्द्र क्षेत्री, सुशिल भट्ट, दिपक ओझा, निराजन शाही, मनिष रायमाझी, राजकुमार उप्रेति, महेश पौडेल, शुभास घिमिरे, प्रशान्त लामिछाने, विनोद बराललगायतका उपत्यकाका अन्य सयौँ नेताकार्यकर्ता सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =