नेम्वाङ भन्छन्- देश चुनौतीमा छ, त्यसैले राष्ट्रिय सहमति आवश्यक
२०७९ फागुन २५ गते

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङले राष्ट्रिय सहमति आवश्यक रहेको बताएको छन् । मतदानका लागि बानेश्वर पुगेका उनले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताएका छन् ।
९ दलको साथ कांग्रेस उम्मेदवारलाई रहेको बेला अरू दलको औपचारिक समर्थन नपाएका एमाले उम्मेदवार नेम्वाङले भने, ‘देश चुनौतीमा छ, त्यसैले राष्ट्रिय सहमति आवश्यक छ ।’
अहिले मतदान जारी छ । नेम्वाङले पनि मतदान गरिसकेका छन् । १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








