यी हुन् बिहान बसेको क्याबिनेटका निर्णय
२०७९ फागुन २५ गते

काठमाडौँ । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको हो ।
साथै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय पनि गरेको छ । ।
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








