रास्वपाले राष्ट्रपतिमा पौडेललाई भोट हाल्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिने भएको छ । पदाधिकारी र संसदीय दलको बैठक अघि शीर्ष नेताहरूको अनौपचारिक छलफलमा यस्तो सहमति जुटेको हो ।

स्रोतकाअनुसार अनौपचारिक सहमतिअनुसार पदाधिकारी र संसदीय दलको औपचारिक बैठकले निर्णय गर्नेछ । यसका लागि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ । अहिलेसम्म कुनै पनि उम्मेदवारको पक्षमा नखुलेको रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेको थियो ।

नयाँ राष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । गठबन्धन फेरिएपछि पौडेललाई ९ दलले सघाउने सहमति गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =