रास्वपाले बोलायो संसदीय दलको बैठक
२०७९ फागुन २४ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन भोलि बिहीबार ११ बजे बस्ने गरी बैठक बोलाएको हो ।
पार्टीले अहिलेसम्म कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ‘पार्टीले निर्णय गर्न बाँकी छ । एउटा उपयुक्त पात्रलाई मतदान गर्नेमा कुनै शंका छैन,’ महामन्त्री मुकुल ढकालले भने, ‘भोलिको संसदीय दलको बैठकमा छलफल गर्छौँ ।’
राष्ट्रपति निर्वाचनका लागि भोलि मतदान हुँदैछ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङ उम्मेदवार छन् ।
२०७९ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








