रामचन्द्र पौडेलले भेटे झलनाथ खनाललाई

काठमाडौँ । रामचन्द्र पौडेल र झलनाथ खनालबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालबीच भेट भएको हाे  ।

सचिवालयका अनुसार आज सोमबार बिहान खनाल निवासमा १ घण्टा भएको भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मत तथा पछिल्लो राजनीतिक घटनाहरूका विषमा कुराकानी भएको छ ।

राष्ट्रपति निर्वाचन फागुन २५ गते हुने छ । पौडेल ९ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =