राष्ट्रपति निर्वाचन केन्द्रित ८ दलीय गठबन्धनको संयुक्त भेला स्थगित

काठमाडौँ । राष्ट्रपति निर्वाचन केन्द्रित ८ दलीय गठबन्धनको संयुक्त भेला स्थगित भएको छ । गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन भन्दै आयोजित भेला स्थगित भएको हो ।

२४ गतेका लागि तय भएको भेला २५ गते मतदान हुने भएपछि रोकिएको जनाइएको छ । संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएका थिए । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।

पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =