पेशाले इन्जिनियर उपाध्यायले टेबलमाथि चढेर हाम फालेको देखियो : प्रहरी

काठमाडौँ । दिवंगत सरोजकुमार उपाध्यायले रेस्टुरेन्टको छतबाट हाम फालेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित एक रेस्टुरेन्टको छतबाट खसेर मृत्यु भएका भनिएका उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार टेबलमाथि चढेर उपाध्यायले हाम फालेको देखिन्छ । ‘झन्डै पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिन्छ,’ उनले भने, ‘यो दुर्घटना भन्दापनि नियतवस आत्महत्या हो की भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आउँछ । थप कुरा वृस्तित अनुसन्धानबाट पत्ता लाग्नेछ ।’

उनी तीन दिनदेखि लगातार सोही रेष्टुरेन्टमा गएको प्रहरीले बताएको छ । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए । उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएपनि उनको निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =