फेवाताल डुंगा दुर्घटना अपडेट : एकजनाको मृत्यु

पोखरा । पोखराको फेवातालमा भएको डुंगा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अपराह्न  ४ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएकी पोखरा १ बगरकी ७० वर्षीया याम माया गिरीको मृत्यु भएको हो ।

पोखरामा अचानक हावाहुरी चल्दा डुंगा पल्टिएको थियो । डुंगामा ६ जना सवार रहेकोमा ५ जनाको उद्दार गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

हावाहुरीका कारण कायाक गरिरहेका अन्य ४ जना पनि डुबेका थिए । उनीहरुलाई एपिएफको टोलीले उद्दार गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *