दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता मागेको छ । उस्ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नाउपाले लिखित प्रतिबद्धता मागेको हो ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा लेखेकी छन् । ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन,’
रञ्जिताले केही दिन अगाडि डिल्लीबजारस्थित कारागारमा पुगेर पार्टीका संस्थापक रेशम चौधरीलाई भेटेकी थिइन् । सो बेला चौधरीले लिखित प्रतिबद्धता आएपछि मात्र विश्वासको मतबारे छलफल गर्ने भनेको बुझिएको छ ।
रञ्जिता निकट स्रोतले भन्यो, ‘यसअगाडि पनि लिखित पत्र नहुँदा हाम्रो पार्टी पटक पटक धोकामा परेको छ । हाम्रो पार्टी अरुलाई सहयोग मात्र गर्ने आफ्नो सहयोग नलिने अवस्था बनाउँन हामीलाई दलले लगे । यो पटक हामी लिखित प्रतिबद्धता नभएसम्म अगाडि बढ्ने छैन ।’








