देश संकटमा जान लागेपछि आठ दलीय गठबन्धन बन्यो, यसको बारेमा प्रचण्डलाई सोध्नु : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीति खोलाको पानी जस्तै बगिरहेको बताएका छन् ।
नेपाल दलित मुक्ति संगठन केन्द्रीय कमिटीको पाँचौ बैठकमा बेल्दै उनले भने, ‘राजनीति स्थिर छैन । जसले साथ दिन्छ हामी हातेमालो गर्दै अगाडि बढ्छौँ । यहाँ कसै कसैले भन्छन् नेपाली कांग्रेस दलान पुँजीवादीको पार्टी हो । तर संकटको बेलामा यसले नै नेपाली जनताको साथमा माझमा आफूहरूसँगै रहेको छ । हाम्रो अहिले नयाँ गठबन्धन बनेको छ । यसको बारेमा पुष्पकमल दाहाल प्रचण्डलाई बढी थाहा छ । देश संकटमा जान लागेपछि यो गठबन्धन बनेको हो । हाल राजनीति तरल अवस्थामा छ । जसरी खोलाको पानी बग्छ त्यसरी बगेको छ । कता मोड्ने भन्ने कुरा हामीमा निहित छ । अब बाढी नजाहोस पहिरो नजाहोस् भन्ने हाम्रो मान्यता छ ।’
उनले थपे, ‘अब प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था भएकाले अबको सरकारलाई हाम्रो समर्थन छ । उहाँले लिनुहुन्छ । हाम्रो लागी पनि राष्ट्रपतिमा कुरा आए तर अहिले पदलाई हाम्रो पार्टीले केन्द्रबिन्दुमा राखेको छैन ।’








