मन्त्रालयले सूचना लुकाउनु पर्ने कुनै कारण हुँदैन : मन्त्री शाही

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको तेस्रो उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनै मन्त्री शाहीले ‘प्रदेश सरकारले गर्ने सबै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सूचना लुकाउनु पर्ने कुनै कारण हुँदैन ।’ सबै कुरा पत्रकार मार्फत जनतालाई जानकारी हुनु पर्नेमा जोड दिएका छन् ।

आफू मन्त्रालयमा आएर पदभार ग्रहण गरे लगत्तै मन्त्रालयले गरेको कार्यक्रममा सबै पत्रकारलाई बोलाएर सँगै बसेर अर्धवार्षिक समीक्षा छलफल गरेको उदाहरण दिँदै मन्त्री शाहीले प्रदेश सरकार मिडिया मैत्री हुनेमा विश्वास व्यक्त गरे ।

अर्को प्रसङ्ग मा बोल्दै मन्त्री शाहीले भने, ‘अब सुदूरपश्चिमलाई गरिबी,विकट, दुर्गम, पछौटेपनको नजरले मात्र चिनाउनेछैन केही नयाँकामको सुरुवात गरेर नयाँतरीकाले सुदूरपश्चिमलाई चिनाउनु पर्छ त्यो पहिलो हो समय सुदुरपश्चिममा हुने सबै कार्यक्रमहरू समयमै गरौँ समयलाई मध्यनजरगरौं सुदुरपश्चिम भन्दा बित्तिकै समयको महत्त्व भएको प्रदेशका रूपमा चिन्ने ब्रान्ड बनाउँ अब नेपालीटाईम हैन । समयलाई समयकै रूपमा व्याख्या गर्ने गरौँ ।’

सवैकुराको सुरू आफैबाट सुरूगर्नु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा सञ्चालन भएको साधारण सभाको विशिष्ट अतिथि रहेका मन्त्री शाहीले प्रदेशको विकास समृद्धीकालागि प्रदेश सरकार र मिडियाले हातेमालो गरेर अडिबढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *