बानेश्वरमा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानको प्रदर्शन

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौँको बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियानले आर्थिक अन्याय र बेथितिको विरुद्ध काठमाडौँमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी दिएका छन् ।

नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपिल सो अभियानको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =