राष्ट्रपतिलाई मतदान गर्न जाँदा परिचय खुल्ने पत्र लान आयोगको आग्रह
२०७९ फागुन १९ गते

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न जाँदा परिचय खुल्ने पत्र साथमा लिएर जान आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज सूचना जारी गरी यस्तो आग्रह गरेको हो ।
‘निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ ।
राष्ट्रपतिको निर्वाचन २५ फागुन र उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदै छ ।

२०७९ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








