राजधानीमा ढकमक्क ‘चेरी’ (तस्बिरहरू)

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकामा ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ।

भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउमा फूलेका यी फूलले अहिले काठमाडौँलाई सुन्दर बनाइरहेको छ । जापनी भाषामा यसलाई ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरुका नामले चिनिन्छ । याे एक प्रकारको रुख हाे । त्यसमा फूल्ने फूलकाे सौन्दर्यले वातावरण, मानव अनि जीवलाई माेहित र सुगन्धित बनाइरहेकाे छ । रसिलाे याे फूलमा माहुरीकाे पनि उत्तिकै प्रेम देखिन्छ ।

पार्क तथा खुला चौरमा ढकमक्क फूलेका यी फूलले माेहनी लगाए झैँ यतिबेला यी फूलसँग सेल्फि र फाेटाे लिने युवायुवती उत्तिकै झुम्मिएका देखिन्छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *