कोदालो प्रहार गरी श्रीमतीको हत्या

अठार महिने छोरीको हत्या गर्ने बुबा पक्राउ

ढोरपाटन । बागलुङमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन् ।

घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेको स्थानीयवासीको भनाइ छ ।

अठार महिने छोरीको हत्या गर्ने बुबा पक्राउ

जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा १८ महिनाकी बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुबा २७ वर्षीय सायरदिन मियाँलाई पक्राउ गरेको छ ।

बालिकाकी आमा नभएको मौकामा छारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । मियाँले मादक पदार्थ तथा लागुऔषध सेवा गर्दै आएको र श्रीमतीलाई कुटपिट गरे माइत लखेटेको बुझिएको छ । प्रहरीले बालिकाको शव परीक्षणका लागि बागलुङ ल्याएको छ । आरोपित मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =