सुवासलाई भोट माग्न नेकपा एसको कार्यालय पुगे एमाले नेताहरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकाे पार्टी कार्यालयमा नेकपा एमालेका नेताहरू पुगेका छन् । बिहीबार  ११ बजे अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूसँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, निवर्तमान मन्त्री विमला राई पौडेल र रघुवीर महासेठ पुगेका छन् ।

यता समाजवादीको तर्फबाट अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल महासचिव डा वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी छन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘एमाले  पछिल्लो समय हामीसँग नजिक हुन चाहेको छ । तर हामी आफ्नो अडानमा क्लियर छौं । हामीले बुधबार नै मिटिङ बसेर कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेका छौं ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =