घट्यो कर्मचारीको खाजा समय, अब आधा घण्टामात्रै
२०७९ फागुन १८ गते

काठमाडौँ । सरकारी कर्मचारीले खाजाका लागि अब आधा घण्टा मात्रै समय पाउने भएका छन् । यो प्रयोजनका लागि एक घण्टा समय दिइँदै आएकोमा त्यसलाई घटाएर आधा घण्टामा झारिएको हो ।
यसअघिको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय राजपत्रमा प्रकाशित हुन भने बाँकी छ । यसमा समेटिएपछि देशभरका सरकारी कार्यालयमा नयाँ नियम लागू हुनेछ । कर्मचारीको खाजा समयलाई लिएर यसअघि आलोचना हुँदै आएको थियो ।
यसैलाई मध्यनजर गरेर सरकारले यस्तो निर्णय लिएको हो । यो निर्णय कार्यान्वयनपछि सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








