पोखरा पृथ्वीचोकको सेती नदीमा २ वटा नयाँ पुल बन्दै, ९४ करोड लाग्ने

पोखरा । पोखराबाट राजधानी काठमाडौँ जोडिने पृथ्वी राजमार्ग अहिले विस्तारको क्रममा छ । सडक फराकिलो भएपनि पुल साँघुरो भएका कारण ट्राफिक व्यवस्थापनमा निकै सकस परेको छ ।

पृथ्वीचोकस्थित सेतीनदी माथिको पुल दुई लेनको मात्रै छ । अहिले मुग्लीनदेखि पोखरासम्मको सडक ४ लेनमा विस्तार हुँदैछ । त्यसमाथि सहरी क्षेत्रको सडक ६ लेनमा विस्तार गर्ने गरी ठेक्का गइसकेको छ ।

सोही अनुसार पृथ्वीचोक नजिकै रहेको सेती नदी माथिको पुल पनि विस्तार गर्न लागिएको हो । अहिले भइरहेको पुललाई यथावत् नै राखेर दायाँबायाँ २ वटा पुल थप्न लागिएको हो । अहिलेकै पुलको लेबलमा २ पुल थप्नका लागि रसुवा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । यो पुललाई आकर्षक बनाउन लागिएको हो ।

दुवै पुल १ सय ९० मिटरको बन्ने निर्माण कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाले बताए । त्यसमा गाडी गुड्ने भाग साढे ७ मिटर, दुवै तिर ३ मिटरको फुटपाथ र टावर सहित १३ मिटर फराकिलो पुल बन्ने छ । ३६ महिनामा काम सक्नेगरी सम्झौता भएको हो ।

दुई पुल बनाउन ९४ करोडको लागत स्टिमेट छ । सेतीमा जस्तै तनहुँको दमौली स्थित मादी नदीमा पनि आकर्षक पुल निर्माण प्रक्रिया अघि बढेको छ । मुग्लीन पोखरा सडक अन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्म २ खण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *