विद्यालय जाँदै गरेकी ८ वर्षीया प्रतीक्षाले भिरबाट लडेर गुमाइन् ज्यान

बागलुङ । बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतीक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो ।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनी साथीसँग घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =