कर्णालीमा राप्रपाले लियो समर्थन फिर्ता, मुख्यमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपाले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले जानकारी दिइन ।

उनले भनिन्, ‘केन्द्रमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कर्णालीमा पनि समर्थन फिर्ता लिएका छौँ । राप्रपाले केन्द्रमा समर्थन फिर्ता लिएको मान्य हुने गरि कर्णाली सरकारबाट राप्रपा बाहिरिएको छ ।’

कर्णाली सरकारलाई समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएसंगै कर्णाली प्रदेश सरकारले पुन: विश्वासको मत लिनुपर्ने भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *