राष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रवक्ता शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद विस्तार हुने बताएकी छन् ।

उनले नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा छलफल हुनै बाकि रहेकाले राष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद विस्तार हुने बताइन् ।

मंगलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउँदै उनले मन्त्रिपरिषद विस्तारमा कुनै हतारो नभएको दाबी गरिन् ।

उनले प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने समेत जानकारी दिइन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =