भोट माग्न गएका पौडेललाई ओलीले भने : ‘रामचन्द्रजीसँग म नकारात्मक छैन’
२०७९ फागुन १६ गते

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलप्रति आफू सकारात्मक रहेको बताएका छन् ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि पौडेललाई कांग्रेस भोट माग्न गएका बेला ओलीले यस्तो बताएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पत्र लिएर एमाले अध्यक्ष ओलीलाई सहयोग मागेका थिए ।
देउवाको पत्र बुझेपछि ओलीले कांग्रेसले राष्ट्रपतिमा अगाडि सारेको रामचन्द्र पौडेलप्रति आफू नकारात्मक नरहेको जवाफ दिएको मुख्यसचिव पौडेलले बताएका छन् ।
यता पौडेलले पनि राष्ट्रपतिमा उम्मेदवारी गराएपछि ओली आफ्नो जेलमा बस्दाको साथी रहेकाले आफूलाई सहयोग गर्ने बताइसकेका छन् ।
२०७९ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








