विमलालाई रोकिएको जेनेभा बैठकमा पुगे गोविन्द बन्दी

काठमाडौँ । जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२औँ बैठकमा पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) पुगेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार स्वीट्जरल्याण्डको जेनेभा पुगेका हुन् ।
बन्दी सहभागी भएको यही कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल सहभागी हुने कार्यक्रम थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको भ्रमण रोकिदिएका थिए । प्रधानमन्त्री सो व्यवहार गलत भन्दै एमालेले आपत्ति जनाएको थियो भने प्रचण्ड नेतृत्वको सरकारबाटसमेत बाहिरिएको छ ।
बन्दी प्रधानमन्त्रीको शान्ति तथा मानवअधिकार सल्लाहकारका रूपमा बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । उनले परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।









