एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०७९ फागुन १५ गते

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट समर्थनसमेत फिर्ता लिएर बाहिरिने निर्णय गरेको नेकपा एमाले मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनेहरुमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई छन् ।

२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








