रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने
२०७९ फागुन १५ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नभएको सचिवालयले जनाएको छ ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । उनले भने, रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । अहिलेसम्म हाम्रो निर्णय त्यही नै हो ।
२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








